
जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता दिइने भएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।
वि.सं २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानहरुले अब वंशजकै आधारमा नागरिकता लिन सक्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई सर्वोच्च अदालतले पनि सदर गरे पछि नागरिकता वितरणको बाटो खुलेको हो । जेठ १७ गते नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको थियो । यससँगै उक्त विधेयक अब स्वत कानुनका रुपमा चल्तीमा आउनेछ ।
यस सँगै विभिन्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जन्मको आधारमा सन्ततिलाई नागरिकता प्रदान लिन आउन आह्वान गरेका छन् । जिप्रका बाराले नागरिकता लिन आउनेको भीडभाड हुनसक्ने भन्दै अनलाइन टोकन प्रणाली खुला गरेको छ ।





