बाग्लुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु

बाग्लुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु भएको छ ।

शनिबार राति करिब ९ बजे परेको चट्याङले लागेर बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानी घर भएका नौ वर्षीया सुनिता विक र ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो । चट्याङले लागेर उनीहरुको आमा यमकुमारी विक पनि घाइते भएकी छिन् ।

उनीहरु घरमै बसिरहेका बेला चट्याङ परेको थियो । चट्याङले नजिकै गोठमा रहेको एउटा भैंसी पनि मरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button