पोखरामा चट्याङ लागेर एक पुरुषको मृत्यु

पोखरामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगर-२३ हर्पनमा चट्याङ लागेर ४९ वर्षीय देव बहादुर विकको मृत्यु भएको हो । चट्याङले लागेर बेहोश भएका विकलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पठाइएकोमा आज बिहान २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए ।

मनसुनसँगै मेघ-गर्जन, चट्याङ्ग, बाढीपहिरोको जोखिम बढेपछि हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । शुक्रबार गोठमाथि पहिरो खस्दा पोखरा-२७ मा दुई गाई मरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button