
अप्पर स्याङ्गेको आइपिओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् ।
कम्पनीले ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यसबाहेक ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्ट्याएर बाकिँ ५ लाख ३९ हजार ५०० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धक रहेको आइपिओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।





