काठमाडौंमा स्वीमिङपुलमा डुबेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री ब्याङ्केटद्वारा सञ्चालित ब्लु हेभेन रेस्ट्रो एन्ड स्वीमिङपुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

पुलमा डुबेर मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९ वर्षीय प्रभास अधिकारी रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अचेत बनेका अधिकारीलाई मदरल्यान्ड अस्पताल लगिएको थियो । त्यहाँबाट सिभिल अस्पताल रिफर गरिएकोमा शनिबार दिउँसो उनको मृत्यु भएको हो ।

यसैगरी पौडी खेल्ने क्रममा डुबेका अर्का युवकलाई पनि गम्भीर अवस्थामा सिभिल अस्पताल लगिएकोमा त्यहाँबाट केएमसी अस्पताल रिफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button