नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार साढे ६ अर्ब

नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ भने कारोबार रकम पनि करिब साढे ६ अर्ब पुगेको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ६२.२१ अङ्कले वृद्धि हुँदै २११७.७३ विन्दुमा बन्द भएको छ । आइतबार ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँँ भन्दा बढीको कारोबार हुँदा १२ कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
१० प्रतिशत सकारात्मक सर्किटको हाराहारीमा कारोबार हुने कम्पनीमा साम्लिङ पावर, एलआइसी नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स, बिपिड्ब्ल्यु लघुवित्त, शिवम् सिमेन्ट, सिटी होटल रहेका छन् । यसैगरी आइतबार शुभम् पावरका सेयरहोल्डर सबैभन्दा धेरै गुमाएका छन् । उक्त हाइड्रोको सेयर करिब ७ प्रतिशतको हाराहारीमा घटेको छ ।
आइतबार सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको आइतबार मात्रै करिब ५० करोड बराबरको सेयर कारोबार भएको छ । यसैगरी सोल्टी होटलको ३८ करोडभन्दा बढी, एचडिएलको २४ करोड, आइजिआई प्रुडेन्सियलको २१ करोड, एनएलआइसीको २० करोड र एनटिसीको १८ करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।