जलहरी काण्ड : सुन जोख्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा

पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरी बारे प्रश्न उठेपछि जलहरी जोख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ ।

जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे उजुरी बारे छानबिन गरिरहेको अख्तियारले आइतबार सुनको जलहरी जोख्न र जाँच गर्न भनेरै पशुपतिनाथ पुगेको हो । पशुपतिनाथमा अख्तियारको टोली आएसँगै मन्दिर परिसर खाली गरिएको छ ।

नापजाँचका लागि अख्तियारको टोलीसँगै सुनचाँदी व्यवसायी संघका पदाधिकारी तथा पशुपति विकास कोषका पदाधिकारीलाई बोलाइएको छ । पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले जलहरी बनाउँदा करिब ११ किलो सुन तलमाथि भएको देखाएको छ । उक्त सुनको मूल्य जलहरी राख्दाको समयमा आठ करोड हाराहारी हुने जनाइएको छ । जलहरी बनाउन करिब एक अर्ब रुपैयाँ खर्च भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button