पोखरा महानगरले दुई सय विपन्न परिवारलाई घर दिने, १० हजार लिटर पानी पनि निशुल्क

पोखरा महानगरले १४ करोडको लागतमा दुई सय विपन्न परिवारलाई घर बनाइदिने भएको छ ।

आज आउँदो आर्थिक वर्षको आयव्यव तथा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले पोखरा महानगर क्षेत्रमा रहेका विपन्न वर्गका लागि १४ करोड लागतमा २०० घरहरू निर्माण गर्ने जनाएको हो । यसैगरी पोखरा महानगरपालिकाले सर्वेक्षण गरिरहेको महानगर प्रोफाइलिङअन्तर्गत विपन्न घरधुरी पहिचान कार्यक्रम सम्पन्न पश्चात् अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपन्न परिवारलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button