पोखरा महानगरले १४ करोडको लागतमा दुई सय विपन्न परिवारलाई घर बनाइदिने भएको छ ।
आज आउँदो आर्थिक वर्षको आयव्यव तथा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले पोखरा महानगर क्षेत्रमा रहेका विपन्न वर्गका लागि १४ करोड लागतमा २०० घरहरू निर्माण गर्ने जनाएको हो । यसैगरी पोखरा महानगरपालिकाले सर्वेक्षण गरिरहेको महानगर प्रोफाइलिङअन्तर्गत विपन्न घरधुरी पहिचान कार्यक्रम सम्पन्न पश्चात् अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपन्न परिवारलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिने बताएका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution