अनलाइन ठगी गर्ने ४० वर्षीया महिला पक्राउ

विभिन्न प्रलोभन देखाई अनलाइनमार्फत ठगी गर्ने ४० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मानिसलाई सामजिक सञ्जालमा विभिन्न सामान पार्सल गरि पठाउने आश्वासन दिँदै ठगी गर्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर गोदावरी नगरपालिका वडा-८ बस्दै आएकी पोखरेलले सामाजिक सन्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सएपमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाई दिएको छु भनी पीडितलाई प्रलोभनमा पारी विभिन्न किसिमको चार्ज उठाउँदै आएकी थिइन् ।

उनले सामान पठाउन कस्टम चार्ज, डलर चार्ज लाग्ने भन्दै विभिन्न मानिससँग आठ लाख चालिस हजार रुपैयाँ उठाएकी थिइन् । पोखरेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button