आव २०७९/८० मा कास्कीमा एक सय ११ सवारी दुर्घटना, ४२ जनाको ज्यान गयो

आर्थिक वर्ष २०७९/८० मा कास्की जिल्ला भित्र मात्रै एक सय ११ सवारी दुर्घटना भएका छन् ।

जिला ट्राफिक कार्यालय कास्कीका अनुसार ती दुर्घटनामा परी ४२ जनाको ज्यान गुमाएका छन् । यसैगरी दुर्घटनामा परी एक सय ५० जना घाइते तथा अङ्गभङ्ग भएका छन् । ट्राफिक प्रहरीको अनुसार सडक तथा सवारीको क्षमता भन्दा तीव्र गतिमा सवारी चलाउनु नै दुर्घटनाको मुख्य कारण रहेको छ ।

मोटरसाइकल दुर्घटनाको धेरै जस्तो कारण अधिक गति नै हुने गरेको ट्राफिक कार्यालयको भनाई छ । त्यसै गरि कार्यालयका अनुसार दुर्घटनामा परेका धेरै जसो चालक युवा उमेर समूहकै रहेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button