११ अङ्कले बढ्यो नेप्से, कारोबार भने घट्यो

  • पोखरा न्यूज
  • २०८० अषाढ ११
Post Thumbnail

आइतबार ठूलो अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ११ अङ्कले बढेको छ ।

११.६९ अङ्कले बढ्दै नेप्से परिसूचक सोमबार २१२९.४२ विन्दुमा बन्द भएको हो । बिहान बढेर २१५४.८६ अङ्कसम्म बढेको परिसूचकमा त्यसपछि भने लगातार बिक्रीदबाब परेको थियो । सामान्य वृद्धि भए पनि कारोबार रकममा भने अघिल्लो दिनभन्दा एक अर्ब भन्दा बढीको गिरावट आएको छ । सोमबार पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज ४ कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतको हाराहारीमा कमाए । हिमालयन लाइफ, बिपिडब्ल्यु लघुवित्त, सिटि होटल र सिभिल लघुवित्तको सेयरको भाउ सर्किट लेभलमा वृद्धि भएको हो । यसै गरि सर्वाधिक गुमाउनेतर्फ सुपर मादी हाइड्रोला लगानीकर्ता रहे । सुपर मादीको सेयरमूल्यमा ६.९४ अङ्कको गिरावट आयो ।

सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम्, सोल्टी होटल र एचडिएल शीर्ष तीनमा रहे । सोमबार शिवम् सिमेन्टको ४२ करोड बढीको कारोबार हुँदा, सोल्टी होटलको २७ करोड र एचडिएलको २२ करोड भन्दा बढीको कारोबार भयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस