
विद्युत प्राधिकरणका गाडीहरुमा निगरानीका लागि जिपिएस राखिने भएको छ ।
ग्लोबल पोजिसनिङ सिस्टम अर्थात जिपिएसको माध्यमबाट अब कुन सवारी कहाँ गुडिरहेको छ भनेर सजिलै ट्र्याक गर्न सकिनेछ । जिपिएस प्रणालीको जडान पछि प्राधिकरणको काम कारवाही थप चुस्त हुने जनाइएको छ । काममा हिँडेका गाडी गन्तव्यमा पुगेका छन् वा छैनन्, अनावश्यक रुपमा सवारीको दुरुपयोग भएको छ कि जस्ता विषयलाई मोनिटर गर्न जिपिएसले सहयोग गर्नेछ ।
नेपाल विद्युत प्राधिकरणले आज एक परिपत्र जारी गर्दै आफ्नो स्वामित्वमा रहेका सबै चार पाङ्ग्रे गाडीमा जिपिएस जडान गर्न लागेको जनाएको छ । प्राधिकरणका सिइओ कुलमान घिसिङको निर्णय अनुसार प्राधिकरणको निर्देशनालय, विभाग, महाशाखा, शाखालगायत सबै कार्यालयका सवारी साधनमा जिपिएस जडान गर्न लागिएको हो ।





