पोखरामा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी

पोखरामा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

आज जुन २६ तारिखका दिन लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा “लागू औषध विरुद्धको ऐक्यवद्दता: व्यक्ति समाज र राष्ट्रको प्रतिबद्दता” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आयोजित प्रभातफेरीमा विभिन्न आमा समूह, संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले विभिन्न नारासहितको प्लेकार्ड, व्यानर तथा पर्चा पम्प्लेटको लिएर पोखरा-९ पृथ्वीचोकबाट सभागृह चोकसम्म र्‍याली निकालेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button