
जुम्लामा धान गोड्ने क्रममा खेतमा करेन्टमा प्रवाहित हुँदा १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँस्थित खलापानीमा सोमबार बेलुका ८ बजेर ५५ मिनेट भएको घटनामा थप ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार लुड्कु हाइड्रोको तार हावाहुरीले खेतमा खसेको र त्यसैबाट करेन्ट प्रवाहित भएर घटना भएको थियो ।
घटनामा घाइते सबैको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाकिँ घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।