ललितानिवास प्रकरणमा भाटभटेनी सञ्चालक गुरुङसहित पाँच जना पक्राउ

ललितानिवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङसहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिइएको हो ।

ललितानिवासमा कागजात किर्ते गरेर अर्बौको सरकारी जग्गा हडपिएको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा पनि ठूला राजनीतिक दलका कैयौं नेता मुछिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button