बिहीबार बकर ईदको अवसरमा सार्वजनिक बिदा

गृह मन्त्रालयले बकर ईदको अवसरमा यही असार १४ गते बिहीबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै असार १४ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो । ईद उल अजहा अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । यस पर्व हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका बलिदानको सम्झना स्वरूप मनाइने पर्व हो ।

यस दिन मुस्लिम समुदायका मानिसहरु बिहान ईदगाह तथा मास्जिदहरुमा भेला भई सामुहिक नमाज पढेर एक आपसमा अंकमाल गरि शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button