अमेरिकाको फ्लोरिडा र टेक्ससमा दुई दशकपछि देखियो मलेरिया

अमेरिकाको फ्लोरिडा र टेक्ससमा करिब दुई दशकपछि स्थानीय रुपमै संक्रमित मलेरिया रोग पुष्टि भएको छ ।

त्यहाँको सेण्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले जनाए अनुसार २० वर्ष पहिले स्थानीय रुपमै संक्रमण भेटिएपछि अहिले नै मलेरियाको पुष्टि भएको हो । सिडिसीका अनुसार गत दुई महिनाको अवधिमा फ्लोरिडामा चार र टेक्ससमा मलेरियाको एक बिरामी पुष्टि भएको हो ।

सिडिसीले एक चेतावनीसमेत जारी गर्दै मलेरिया स्वास्थ्य इमार्जेन्सी रहेको र लक्षण देखिएका जोकोही तुरुन्तै स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध पनि गरेको छ । मलेरियाको लक्षणहरुमा ज्वरो आउने, जाडो महसुस हुने, टाउको देख्ने, सिथिल महसुस हुने, मांसपेशी दुख्ने लगायत रहेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button