२५ ग्राम खैरो हेरोइन जस्तो पदार्थसहित तीनजना पक्राउ

मकवानपुर प्रहरीले २५ ग्राम खैरो हेरोइन जस्तो पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ ।

मङ्गलबार बिहान ९ बजे खैरो हिरोईन बिक्री बितरण भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको हेटौंडा-०८ स्थित नमुनाटोल बस्ने ३१ वर्षीय विशाल राउत, १९ वर्षीय सुमित वाईवा र हेटौंडा-१० बस्ने ३२ वर्षीय बिमल मोक्तानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई खानतलासी गरी चेकजाँच गर्ने क्रममा खैरो हेरोईन जस्तो देखिने पदार्थ २५ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button