
काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्नुका साथै लिखित जवाफ माग गर्न पनि आदेश दिएको छ । उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै सामाजिक संजालमा घोषणा गरेपछि अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना भएको भन्दै निवेदन पेस गरेकी थिइन् ।
उच्च अदालत पाटनले महानगरको हिन्दी चलचित्र रोक लगाउने निर्देशनविरुद्ध निर्णय सुनाएपछि बालेनले अदालतको निर्णय नमान्ने आशयको प्रतिक्रिया दिएका थिए । उनले अदालत र सरकार भारतको गुलाम भएकोसमेत लेखेका थिए ।