८० किलो अवैध माउर माछाका भुराहरु नष्ट

  • पोखरा न्यूज
  • २०८० अषाढ १२
८० किलो अवैध माउर माछाका भुराहरु नष्ट

मकवानपुरको हेटौंडामा प्रहरीले निषेधित ८० किलो माउर माछाका भुराहरु बरामद गरी नष्ट गरेको छ ।

मङ्गलबार दिउँसो ३ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा काँकडभित्ताबाट हेटौंडातर्फ आउँदै गरेको प्र.१-००६ ख ५२३८ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा ८० किलो निषेधित माउर माछाका भुरा फेला पारेको थियो ।

भारत बंगाल राज्यको माल्दा जिल्लास्थित अल्पाडा ग्राम बस्ने ३२ अर्षीय पुरन चौधरीले अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको माछाको भुरा फेला परेको थियो । चौधरीले बसको बाँया साईडको डिक्की भित्र उक्त माछा डिब्बामा लुकाएर ल्याएका थिए ।

प्रहरी बरामद भएको भुरालाई भेटनरी डक्टर तथा स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा सुरक्षित स्थानमा खाल्डो खनेर नष्ट गरेको छ । यसैगरी चौधरीलाई थप कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ  ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस