
५० लाख दाइजो नदिए बिहे नै रद्द गर्ने धम्की दिएका बेहुलालाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१ नक्सालस्थित पार्टी प्यालेसको मण्डपबाटै आज दिउँसो २ बजे सुनसरी दुहवी नगरपालिका-६ स्थायी घर भई हाल काठमाडौं-१३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले बेहुली पक्षबाट यस अघि नै २२ लाख लिइसकेको जनाइएको छ ।
जन्तीलाई राम्ररी स्वागत नगरेको भन्दै रौनियार पक्षले बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका रौनियारलाई विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान थालिएको छ ।