
अनियमितताको आरोप लागेपछि नापजाँचका लागि झिकिएको पशुपतिनाथको जलहरी आज पुनर्स्थापित गरिने भएको छ ।
पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी पुनर्स्थापना गर्न अख्तियारसहितको टोली मन्दिर परिसर पुगेको छ । आइतबार अख्तियारले पुरातत्व विभाग, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा जलजरी झिकेर नापजाँच गरेको थियो ।
अख्तियारले नापजाँचबाट के निष्कर्ष निस्कियो भन्ने बारे भने केही जनाएको छैन । नापजाँचको विवरण सार्वजनिक गर्न केही दिन लाग्ने अख्तियारको भनाई छ । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा जलहरीबारे प्रश्न उठेपछि छानबिन गरिएको हो ।
जलहरी आज अपरान्हपछि पुनर्स्थापित गर्ने तयारी भएको जनाइएको छ ।