बुढीगण्डकी परियोजनाको शिलन्यास असारभित्रै हुन्छ – प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले असार महिना भित्रै बुढीगण्डकी परियोजनाको शिलन्यास हुने बताएका छन् ।

बुधबार आर्थिक वर्ष २०८०/८१ को बजेटबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा दाहालले यही महिनामा नै बुढीगण्डकी परियोजनाको कार्यालय स्थापना गरि शिलान्यास गरिने बताएका हुन् ।

१ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी परियोजना गोरखा र धादिङ जिल्लामा निर्माण हुनेछ । स्टोरेज क्षमता रहने यस आयोजनाका लागि २ सय ६३ मिटर अग्लो बाँध बाधेर मानवनिर्मित विशाल ताल बनाइनेछ ।

आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएर ७० अर्बभन्दा बढी रकम संकलन भइसकेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button