यी उत्पादन र विविध क्षेत्रका कम्पनीको आउँदैछ आइपिओ

वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी तथा हाइड्रो कम्पनीको बाहूल्य रहेको नेपाली धितोपत्र बजारमा अब विभिन्न उत्पादन र विविध क्षेत्रका कम्पनीहरुले पनि उल्लेख्य संख्यामा आइपिओ जारी गर्ने भएका छन् ।

धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका यस्ता कम्पनीहरु कृषिदेखि सञ्चारगृहसम्मका रहेका छन् । कृषिसँग सम्बन्धित मुक्तिनाथ कृषि कम्पनीले १४ करोड बराबरको आइपिओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको छ । यसैगरी सेबोनको प्रारम्भिक समीक्षामा सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड र कान्तिपुर टेलिभिजनको आइपिओ पनि रहेका छन् । सोनापुरले ३ अर्बभन्दा बढीको र कान्तिपुर टेलिभिजनले ७५ करोडको आइपिओ निष्कासन गर्न अनुमति मागेका हुन् ।

यसैगरी सेबोनको पाइपलाइनमा ट्रेड टावरको साढे ११ करोड भन्दा बढीको आइपिओ रहेको छ । आइपिओ जारी गर्ने अन्य कम्पनीमा रिलायन्स स्पिनिङ मिल, सर्वोत्तम सिमेन्ट, एकर्ड फर्मास्युटिकल्स र  नेपाल वेयरहाउजिङ कम्पनी रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button