मण्डपबाटै पक्राउ परेका बेहुला थप पाँच दिन थुनामै रहने

५० लाख दाइजो मागेपछि मण्डपबाटै पक्राउ परेका बेहुलालाई थप पाँच दिन थुनामै राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
नक्सालस्थित एक पार्टी प्यालेस बिहेकै क्रममा हङ्गामा मच्चाएपछि सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार मण्डपबाटै पक्राउ गरेको थियो । जन्तीलाई राम्ररी स्वागत नगरेको भन्दै रौनियार पक्षले बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको आरोप लागेको छ ।
उनलाई विवाह सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।