साउदी अरबस्थित अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

  • पोखरा न्यूज
  • २०८० अषाढ १४
साउदी अरबस्थित अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

बुधबार भएको घटनामा हमलाकारी पनि मारिएको जनाइएको छ । त्यहाँ स्थानीय प्रहरीका अनुसार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासबाहिर एउटा कार रोकिएको र त्यसैबाट निस्किएका हतियारधारी हमलाकारीले गोली चलाएका थिए । गोलीप्रहारबाट नेपाली सुरक्षागार्ड घाइते भएको र पछि मृत्यु भएको जनाइएको छ । मृतक गार्डको परिचय भने खुलाइएको छैन ।

घटनाका बेला दूतावास लकडाउन गरिएको र कोही पनि अमेरिकी अधिकारीलाई कुनै किसिमको क्षति नपुगेको जनाइएको छ । दूतावासका प्रवक्ताले मृत्यु भएका नेपाली गार्डको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

घटनाबारे साउदी सुरक्षा अधिकारीहरुले छानबिन थालेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस