आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारी पूजा गरिँदै

आज असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी पर्व मनाइदैछ । हरि अर्थात भगवान् विष्णु आजका दिनदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज पूजाआजा गरी मोठमा सारिन्छ । आजको दिन भक्तजनहरुले बिहान उठेर स्नानपश्चात विष्णुको मूर्ति स्थापना गरि षोड्शोपचार सहित पूजन गर्ने गर्दछन् ।

एकादशीको अवसरमा आज देशैभरिका नारायण मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । हरिशयनी र हरिबोधनी एकादशी हिन्दु धर्मावलम्बीहरुका लागि विशेष एकादशी मानिने गर्दछन् । आजको दिन फलाहार गरी व्रत बस्ने प्रचलन रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button