बकर इदका अवसरमा प्रम दाहालले दिए शुभकामना

बकर इदका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिए शुभकामना दिएका छन् ।

उनले इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

दाहालले बहुधर्म र बहुसँस्कृतिले समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका उल्लेख गर्दै यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले साँस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताएका छन् ।

सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने बताउँदै प्रेम र सद्‍भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वास लिएको पनि उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button