
दैलेखमा सिँचाइको बाँध भत्किँदा खसेको ढुङ्गाले लगेर एक बालकको मृत्यु भएको छ भने अन्य ६ जना बालबालिका घाइते भएका छन् ।
आठबीस नगरपालिका-५ मा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको बाँध भत्किएर ढुङ्गा खस्दा सोही स्थानमा घर भएका बिर्खबहादुर थापाको १४ वर्षीय छोरा उमेश थापाको मृत्यु भएको हो । बाँध भत्किँदा अन्य ६ बालबालिका पनि घाइते भएको जनाइएको छ ।
घाइते मध्ये थप एक बालकको अवस्था गम्भीर रहेको छ । हिजो साँझ अबेर घटना भएको र लगातार वर्षाका कारण उद्धारमा समेत ढिलाई भएको थियो ।





