एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झन्डा देखाए

इलाममा एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झन्डा देखाएका छ्न् ।

लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले भट्टराईलाई इलाममा कालो झन्डा देखाउँदै आक्रमणको समेत प्रयास गरेका थिए । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका भट्टराई सवार गाडीलाई रोकेर पहिचानवादी नाराबाजीसहित कालो झन्डा देखाएका थिए ।

घटनास्थलमा उल्लेख संख्यामा सशस्त्र प्रहरी परिचालित गरिएको हुँदा भट्टराई सहजै त्यहाँबाट निस्केका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button