मुग्लिन-नारायणगढ सडक : थप पहिरो नआए केही घन्टामा बाटो खुल्ने

मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला नजिकै खसेको पहिरोका कारण यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक डिभिजन भरतपुर डिभिजन प्रमुखको नेतृत्वमा ईन्जिनियर, सब ईन्जिनियर, मेशिन सहितका अपरेटर, सुपरभाइजरकाे टाेलिद्वारा पहिराे पन्छाउने कार्य भैरहेकाे हुँदा थप पहिराे नआए अबकाे केही घण्टामै सडक सुचारु हुने सडक डिभिजनले जनाएको छ ।

मुग्लिनदेखि करिब २ किलोमिटर टाढाको स्थानमा झरेको पहिरोले अघिल्लो १९ घन्टादेखि सवारी आवागमन ठप्प हुँदा अहिले मुग्लिन मै सवारी जाम हुन थालेको छ । काठमाडौं-पोखरा चल्ने सवारीसाधनको आवतजावत भईरहेको तर मुग्लिन-नारायणगढ चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

पहिरो पन्छाउन दुवै साइडबाट मेसिनहरु तयारी अवस्थामा राखिएपनि निरन्तर ससानो पहिरो झर्दा पन्छाउने काम प्रभावित भएको सडक डिभिजनको भनाई छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button