साउदी गोलीकाण्डमा ज्यान गुमाउने नेपाली सुरक्षागार्डको खुल्यो पहिचान

साउदी अरबको जेद्दामा भएको गोलीकाण्डमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।

त्यहाँको सरकारी स्टेट न्युज एजेन्सी (एसपीए) का अनुसार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार भएको घटनामा मृत्‍यु हुनेमा बाग्लुङका ६० वर्षीय नैनसिंह नेपाली रहेका छन् ।

उनी सन् २००१ देखि साउदीमा रोजगारी गर्दै आएका थिए । मृतक नेपाली ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button