
मकवानपुरमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् ।
बिहीबार बिहान १:२० बजे मकवानपुरको हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकमा खटिएको प्रहरी टोलीले बारा करहैयामाई नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय अरविन्द चौधरी र २२ वर्षीय अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले चोरी गरेर लैजाँदै गरेको बाग्मती प्रदेश ०६-०२ प २३४ नम्बरको कालो रातो रंगको १५० सि.सि.को पल्सर बाइक बरामद गरेको थियो ।
घटनाका बारेमा थप अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल चितवन जिल्लाबाट चोरी भएको पुुुष्टि भएको प्रहरीले उल्लेेेख गरेको छ । उनीहरुलाई चोरीको मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको प्रहरीले जनाएको छ ।