बिहीबार मध्यान्हदेखि २७ घन्टाभन्दा लामो समयसम्म अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा गएको ठूलो पहिरोले दुईतर्फी रोकिएको बाटो आज साँझबाट सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार आज बिहानैबाट पहिरो पन्छाउन प्रयास गरिएपनि ससाना पहिरो गइरहँदा काममा अवरोध भएको थियो ।
बाटो दुईतर्फी सुचारू गरिएपनि सडकमाथिबाट ढुङ्गा खस्ने जोझिम भने कायमै रहेको कार्यालयले जनाएको छ । केही समयअघि बाटो खुलेपछि यात्रा गरिरहेका दुई मोटरसाइकल माथि ढुङ्गा खसेपछि चालकले भागेर ज्यान जोगाएका थिए ।
सडक डिभिजनले उक्त खण्डमा आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution