
भारतको पश्चिमी राज्य महाराष्ट्रमा दुर्घटनाग्रस्त बसमा आगलागी हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
शनिबार बिहानै करिब १:१५ बजे सम्रुद्धी महामार्ग एक्सप्रेस वेमा भएको घटनामा २५ जनाको मृत्यु हुनाका साथै थप ८ जना घाइते भएका हुन् । प्रहरीका अनुसार बस डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएपछि बसको डिजेल ट्याङ्कमा आगो लागेको थियो । ट्याङ्कको आगो बसभरि फैलिँदा ठूलो मानवीय क्षति भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
धेरै जसो मृत्युको कारण आगलागी जलेर भएको प्रहरीले जनाएको छ । महाराष्ट्र सरकारले दुर्घटनाका पीडितलाई परिवारलाई सात लाख भारुका दरले राहत दिने घोषणा गरेको छ ।