आज श्री एयरका कुनै पनि उडान नहुने

श्री एयरका विमनले आज कुनै पनि उडान नभर्ने भएका छन् ।

एयरलाइन्सले हिजो एक नोट जारी गर्दै सबै विमानहरुको सम्पूर्ण प्राविधिक परीक्षण गर्नका लागि उडानहरु स्थगित गरिएको जनाएको छ । पछिल्लो समय श्री एयरको विमानमा उडान कै समयमा कैयौंपटक समस्या देखिएको थियो ।

हिजो मात्रै श्री एयरको धनगढी फ्लाइट धनगढी नजिकै पुगेर फर्किनु परेको थियो । विमानको इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएपनि विमान ट्याक्सी वेमा अड्किएपछि त्यसलाई तानेर पार्किङवेसम्म लगिएको थियो ।

यस अघि पनि ल्यान्डिङ गियरमा समस्या आउँदा करिब ७ हप्ता अघि भैरहवाबाट काठमाडौं आउँदै गरेको विमान गौतमबुद्ध विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । त्यस्तै असार १० गते अघि धनगढीका लागि उडेको श्री एयरको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौं फिर्ता भएको थियो । यसैगरी जेठ २३ गते काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानको एक्कासी ढोका खुलेपछि ३० मिनेट उडेर काठमाडौं फिर्ता भएको थियो ।

कम्पनीले भने क्यानडामा बनेको ड्यास ८ क्यु४०० विमान प्राविधिक रुपले निकै सुरक्षित रहेको दाबी गरेको छ । सोमबार असार १८ गतेदेखि भने उडान सुचारु हुने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button