करेन्ट लागेर युवकको मृत्यु

रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार बिहान ८ बजेतिर पोलमा चढेर छिमेकीको बत्ती बनाइदिएका श्रेष्ठ झर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएकोमा उपचारका क्रममै उनको मृत्यु भएको हो ।