
शनिबार रातिदेखि नै पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
दिनभरि पहिरोबाट झरेको ढुङ्गा माटो हटाएपछि आइतबार साँझ पाैने ६ बजेबाट सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा लगातार पहिरो जाँदा यातायात आवागमन प्रभावित भएको छ ।
लामो समय जाममा बसेका सवारीसाधनहरु सडक खुलेसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् ।