कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थीको छनोट महानगर आफै गर्छ – मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका विद्यालयमा कक्षा ११ मा भर्ना हुन छात्रवृत्ति पाउने विद्यार्थीको छनोट महानगर आफैले गर्ने बताएका छन् ।
उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा महानगरले नै गर्ने बताएका हुन् ।
शैक्षिक सत्र २०८०/०८१ देखि महानगर आफै नै त्यस किसिमको छात्रवृत्ति परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
यसो हुँदा विद्यालयहरुले मनपरी छात्रवृत्ति दिन पाउने छैनन् भने छात्रवृत्ति पाउने पनि योग्य र समस्यामा परेका विद्यार्थी हुनेछन् ।