आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, तराईका केही स्थानमा हावाहुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशभर सामान्य देखि आंशिक बदली रहनेछ भने कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।