
असार शुक्ल पूर्णिमाका दिन आज गुरुजनप्रति सम्मान व्यक्त गरि गुरु पूर्णिमा मनाइँदै छ ।
आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउनेदेखि आफूलाई शिक्षा प्रदान गर्ने हरेक गुरुप्रति श्रद्धा भाव प्रकट गर्दै देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ । गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरुका रूपमा मानेर ज्ञानको पूजा गर्ने गर्दछन् ।
संस्कृतको श्लोक ’गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥’ ले पनि गुरुको महिमाको वर्णन गरेको छ । यसको अर्थ, ‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म । यस्ता गुरुलाई म प्रणाम गर्दछु ।’ रहेको छ ।
आजका दिन शैक्षिक संस्था तथा विद्यालयहरुमा विशेष कार्यक्रम गरि गुरुजनप्रति सम्मान व्यक्त गरिन्छ ।





