मुग्लिन-नारायणगढ सडकमा पहिरोले लाग्दा ट्रकचालक घाइते, यातायात आवागमन भने सुचारू

मुग्लिन-नारायणगढ सडकमा पहिरोले लाग्दा ट्रक चालक घाइते भएका छन् भने ट्रक पल्टिएको छ ।

पहिरोसँगै झरेको ढुङ्गाले लागेर नारायणगढबाट काठमाडौं जाँदै गरेका ना ६ ख ७१० नम्बरको ट्रकका चालक राम पुकार घाइते भएका हुन् । उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । घटनापछि सडकमै पल्टिएको ट्रकलाई क्रेनले तानेर हटाइएको छ भने पहिरो पनि पन्छाएर सवारी आवागमन सुचारु गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलानजिकै लगातार पहिरो जाँदा उक्त बाटो हुँदै यात्रा गर्नेहरुलाई निकै सकस पुगेको छ । लामो जामका साथै जथाभावी ढुङ्गा र पहिरो खस्दा यात्रुको ज्यानमै जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button