गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र विपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सधैँ सँगै रहेको बताएका छन् ।
‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।
‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्’ सुरक्षा समितिका सदस्यहरुलाई उनले भने । भौगोलिक बिकटताका कारण शान्ति सुरक्षा कायम गर्न र बिपद् जोखिमक न्यूनिकरण, राहत, उद्धार, पुर्नस्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताए । बिपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै उनले जिल्ला तहमा पनि प्रदेशले १०-१० लाख नघट्ने गरि विपद् कोषमा रकम पठाएको बताए । ‘विपद्का सवालमा प्रदेश सरकार गम्भिर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई बिपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’
सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने बताउँदै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भईरहेको बताए । सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता बिकासकालागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताए । शान्ति सुरक्षाको अनुभुति हुने गरि नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तब्य भएको मुख्यमन्त्री पाण्डेले बताए ।
पोखरा लगायत पर्यटकीय शहरहरुमा रात्रीकालीन ब्यवशायलाई सहज रुपमा संचालन हुन दिनुपर्ने बताउँदै उनले २४ सै घण्टा खोल्ने बतावरण बनाउन सुरक्षा समितिलाई सुझाब दिए । ‘शान्ति सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेष्टुरेन्ट बन्द गराउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘ब्यवशायीले चाहान्छन् भने पर्यटकीय ठाउँका होटल, रेष्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति सुरक्षा हाम्रो दायित्व हो ।’
गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको अवस्था, चुनौती, बिपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव रबिलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए । गोष्ठीमा भएको छलफल र आएका सुझाबलाई केन्द्रित गरेर प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution