नेपालले आयरल्यान्डलाई दियो दुई सय ६९ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध टस हारेर नेपालले दुई सय ६८ रनको स्कोर खडा गरेको छ ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५७ रन बनाउँदा अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रनको योगदान दिए । १ सय ६९ रनमा सात विकेट गुमाइसकेको नेपालका लागि सन्दीप र गुल्सनले आठौं विकेटका लागि ८० रनको उत्कृष्ट साझेदारी गरे ।

छनोटअन्तर्गत समूह चरणबाट सुपरसिक्समा पुग्न असफल भएपछि नेपाल र आयरल्यान्ड प्लेअफ खेल्न लागेका हुन् । प्रतियोगिताको समूहचरणमा नेपालले अमेरिकामाथि जीत हासिल गर्दा नेदरल्यान्ड, वेस्टइन्डिज र जिम्बावेसँग हार बेहोरेको थियो । सातौं चरणको प्लेअफका लागि भएको सेमिफाइनलमा नेपालले युएईलाई हराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button