राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

  • पोखरा न्यूज
  • २०८० अषाढ १९
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

|फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेल उपचारमा खर्च भएको ५५ लाख भन्दा बढी रकम सरकारले बेहोर्ने भएको छ ।

राष्ट्रपति पौडेल भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको एयर एम्बुलेन्स भाडालगायत कुल ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो । उक्त खर्चमा अस्पतालको खर्च, सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतका खर्च जोडिएको छ ।

यसअघि राष्ट्रपति उपचार खर्च आफै बेहोर्ने भनेर राष्ट्रपतिको कार्यालयबाट सूचना निकालिएको थियो । तर परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई उपचारबापतको रकम निकासाका लागि अनुरोध गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस