मकवानपुरमा एक सय ४३ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् ।
मङ्गलबार बिहान करिब ४ बजे मकवानपुरको हेटौंडा-१५ स्थित रातामाटे प्रहरी चेकपोस्टमा चेकजाँचका क्रममा ठूलो मात्रामा गाँजा बरामद भएको हो । प्रहरीले डिएल १जि सि३०३५ नम्बरको डिब्बा ट्रक र डिएल १२ सिए ०५७८ नम्बरको स्कोर्पियोमा जाँच गर्ने क्रममा ट्रकको क्याबिन सिटमुनि र माथि सिलिङमा बाकस बनाई राखेर ल्याइएको गाँजा बरामद गरेको हो ।
प्रहरीले ट्रक चालक २५ नाजहर भिलेजर रोहिणी राजापुरकालन नया दिल्ली भारत बस्ने ५७ वर्षीय लाल बहादुर सहनी, स्कार्पियो चालक पर्साको वीरगंज-१३ बस्ने २५ वर्षीय सन्तोष गुप्ता, पर्साकै छिपहरमाई-३ बस्ने ३१ वर्षीय मोहमद गुप्ता र सोही स्थानका २८ वर्षीय रमेश यादव अहिरलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरीले बाराको बिश्रामपुर-४ बस्ने २१ वर्षीय गौतम कुमार साह र २४ वर्षीय सुरज साहलाई पनि पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution