सुनको भाउमा दुई सयले वृद्धि

सुनको भाउ बुधबार दुई सय रुपैयाँले वृद्धि भएको छ । हिजो चार सयले बढेको सुनको मूल्य आज थप दुई सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार सय ५० रुपैयाँ तय भएको जनाएको छ । मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम थियो ।

यस्तै, बुधबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको वृद्धि भएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मङ्गलबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button