काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई सरुवा गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् । बस्नेत यसअघि गृह मन्त्रालयमा सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखाका प्रमुखका रुपमा कार्यरत थिए ।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि उनको स्थानमा बस्नेतलाई जिम्मेवारी दिइएको हो । बस्नेतले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button