सोमबार इतिहासकै सबैभन्दा गर्मी दिन

सोमबार इतिहासकै सबैभन्दा गर्मी दिनका रुपमा रेकर्ड कायम भएको छ ।

जुलाई ३ का दिन अहिलेसम्म सर्वाधिक विश्वव्यापी औसत तापक्रम मापन गरिएको हो । उक्त दिन विश्वभरको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस मापन भएको हो । यस तापक्रम अघिल्लो सर्वाधिक औसत तापक्रम भन्दा ०.०९ डिग्री सेल्सियस बढी हो । यस अघिको २०१६ को अगस्टमा मापन भएको १६.९२ डिग्री सेल्सियस सर्वाधिक गर्मी दिनका रुपमा मानिएको थियो ।

पछिल्लो समय चीन, अफ्रिकालगायतका स्थानमा अत्यधिक गर्मी बढेको छ । चीनमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्दा हिटवेभहरु उत्पन्न भएको छ भने दक्षिण अफ्रिकाको कतिपय स्थानमा तापक्रम ५० डिग्री भन्दा माथि पुगेको छ । अन्टार्कटिकामा समेत हिउँदमा उच्चतम तापक्रम रेकर्ड भएका छन् ।

वैज्ञानिकहरुले जलवायु परिवर्तन र एल निनोलाई यसपटकको बढ्दो गर्मीको कारण मानेका छन् तर यो आउँदो समयको निरन्तर सिलसिला हुने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button