जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुरमा जीपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका-५ आमखैया सडकमा बा ०१००२५ च ३६३४ नम्बरको जीपको ठक्करबाट ५९ वर्षीय अमर साउदको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते साउदलाई पदमा अस्पताल अत्तरीया लगिएको थियो । त्यहाँबाट सेती प्रादेशिक अस्पताल रिफर गरिएकोमा उपचारका क्रममा साउदको मृत्यु भएको हो ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button